३० आश्विन २०८३, शुक्रबार

राप्रपा नेपालको सह–अध्यक्षमा विष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kisharकाठमाडौँ, १९ भदौ । राप्रपा नेपालले पार्टीको रिक्त सह–अध्यक्ष पदमा केशरबहादुर विष्टलाई मनोनयन गरेको छ ।

अध्यक्ष कमल थापाले बिहीबार विष्टलाई सह–अध्यक्ष पदमा मनोनयन गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

विष्ट २०४५ सालमा रंगशाला काण्ड हुँदा शिक्षामन्त्री हुनुहुन्थ्यो । त्यति बेला उहाँले नैतिकताको आधारमा शिक्षामन्त्रीबाट राजिनामा दिनुभएको थियो । उहाँ राजाको शासन कालमा कृषिमन्त्री बन्नुभएको थियो  ।

पञ्चायतपछि केही समय कांग्रेसको राजनीति गर्नुभएका विष्ट पछि राष्ट्रिय जनशक्ति पार्टीको महामन्त्री बन्नु भएको थियो ।