३ कार्तिक २०८३, मंगलबार

बाढी पहिरोका कारण रुकुममा ११ करोड बढीको क्षती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badipairo
ओपेन्द्र बस्नेत

रुकुम, १९ भदौ ।  जिल्लामा गत साउन महिनाको अन्तिमतिर आएको बाढी पहिराले ११ करोड बढीको क्षती भएकोे प्रतिवेदन सार्वजनिक भएको छ ।

जनधनको क्षती हुने गरी रुकुमका विभिन्न स्थानमा आएको बाढी पहिराले उक्त क्षती भएको रुकुमका प्रहरी प्रमुख गौतमराज कट्टेलले जानकारी दिनुभयो ।

पहिरोले चुनाबाङ, स्यालपाखा, पुर्तिमकाडां, चौखाबाङ, अर्मा, मग्मा, मुरु र खरा गाविसमा रहेका २१ घरपरिवारको घर पुर्ण रुपमा क्षती हुँदा ७५ लाख ४४ हजार ७ सय रुपैयाँको नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुर्णरुपमा घर क्षती हुँदा अन्नपात लत्ताकपडा समेत निकाल्न नपाएको प्रहरीले बताएको छ । त्यसैगरी अर्मा, मग्मा, छिबाङ, खलङ्गा, खारा, प्वाङ, आठविसकोट, रुघा, मुरु, खोलागाउं लगएतका स्थानमा रहेका २७ घरमा आंशिक क्षती हुँदा ५१ लाख, ३५ हजार एक सय रुपैया क्षती भएको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै कोटजहारी, पुर्तिमकाडां, भलाक्चा र मुरुमा रहेका ४ घरमा सामान्य क्षती हुँदा ५ लाख ३५ हजारको नोक्सान भएको छ ।

प्रहरीले दिएको तथ्याङक अनुसार ५२ जनाको घरगोठमा क्षती हुँदा एक करोड ३२ लाख १४ हजार ८ सय बराबरको नोक्सान भएको छ । त्यसैगरी कालिका प्रा.वि. दाङ्गचुङ्ग, सारदा नमुना प्रा.वि. दुरपतीडाडा, जनजागृती प्रा.वि. लोरिवाङ्ग, जनचेतना प्रा.वि.कोटजहारी, बालवोध प्रा.वि.मुरु, त्रिपुरा उ.मा.वि. छिङ्ग, बालकल्याण प्रा.वि., बालज्योती मा.वि. गिठाकोट र सरस्वती प्रा.वि. तल्लो आमडाँडा सहीत ९ वटा विद्यालयमा बाढी पहिरोले क्षेति पु¥याउदा १ करोड २५ हजारको क्षती भएको अनुमान गरिएको छ ।

त्यसैगरी जलविद्युत आयोजनामा क्षती पु¥याउदा २ करोडको नोक्सानी भएको अनुमान गरिएकोे छ । बाढीपहिरोबाट खारा – १ र ७ मा पर्ने सानोजलविद्युत आयोजना, चखेरी खोला जलविद्युत आयोजना, सोलावाङ्गस्थित रहेको तेस्रो जलविद्युत आयोजना , चुनवाङ्ग जलविद्युत, चुनवाङ्ग–७ स्थित रहेको लाखर खोला लघुजलविद्युत आयोजना, चुनवाङ्ग जलविद्युत २, र निर्मानाधिन चुनवाङ्ग खोला लघुजलविद्युत आयोजनामा क्षती पुगेको छ

त्यसैगरी सडक, पुल, सिंचाई, खानेपानी कृषी, लगाएतका भौतिक संरचनामा पुर्ण रुपमा क्षती हुँदा हुदा ७ करोडको नोक्सान भएको अनुमान सम्बन्धित कार्यालयहरुले गरेका छन् । बाढी पहिरोबाट एक सय ७९ घरपरिवार विस्थापित हुँदा एक जार ९५ जना प्रभावित भएका छन ।

प्रहरीले तयार पारेको प्रतिवेदन अनुसार ४९ घरपरिवार उच्च जोखममा परेका छन् भने ७८ घरपरिवार जोखममा रहेका छन् ।

४ जनाको ज्यान जाने गरी रुकुममा आएको बाढी पहिरोका कारण क्षती पुगेका भौतिक पुर्वाधार निर्माण गर्न झण्डै एक अर्ब लाग्ने अनुमान गरिएको छ ।

विकट र दुर्गम ठाउ भएकाले सामान्य अनुमान गरिए पनि पहिलेको अबस्थामा सम्पुर्ण भौतिक पुर्वाधारको पुनःनिर्माण गर्न उक्त रकमा लाग्ने अनुमान गरीएको हो ।

भौतिक संरचना नष्ट हुदा जनजिवन कष्टकर भएको भन्दै पुर्नर निर्माण र आर्थिक राहातका लागि सम्वन्धित कार्यालय माफर्तत सरकारसँग माग गरेको स्थानियले बताएका छन् । विद्यालय पहिरोमा परी ४८ वटा पशुचौपाय मरेका थिए ।