काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण र मुलुकको विकासमा अवरोध गर्ने शक्ति विलाएर जाने चेतावनी दिनुभएको छ ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित शान्ति तथा पुनर्निर्माण मन्त्रालय स्थापना भएदेखि सरकार र विभिन्न राजनीतिक दलका साथै समूहरुबीच भएका सम्झौता कार्यान्वयन सिफारिस आयोगको प्रतिवेदन ग्रहण गर्दैं यस्तो चेतावनी दिनुभएको हो
अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको काम समयमा पूरा गरी निर्धारित मितिमै संविधान जारी गरिने पनि विश्वास पनि व्यक्त गर्नुभयो ।
‘संविधान निर्माण र विकास निर्माणमा अवरोध गर्नेहरु विलाएर जान्छन,’ उहाँले भन्नुभयो, ‘मुुलुकले राजनीतिक, संवैधानिक र विकासको निकास एकसाथ पाउन लागेको छ ।
अब मुलुकले शान्ति, स्थायित्व, लोकतन्त्र र लोकतान्त्रिक संविधान पाउने उहाँको भनाइृ थियो ।















प्रतिक्रिया