विदुर, १९ भदौ । एमाओवादी भित्रको विवाद भुसको आगो जसरी सल्कदैँ गएको छ ।
देशका विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गर्दै संस्थापन पक्षलाई चुनौति दिएको नेता डा. बाबुराम भट्टराई पक्षले नुवाकोटमा पनि समानान्तर कमिटी गठन गरेपछि विवाद झन बढ्ने संकेत देखिएको छ ।
भट्टराई पक्षले जिल्ला सदस्य राजकुमार रेग्मीको नेतृत्वमा ४१ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।
कमिटीमा जिल्ला सदस्यहरु रजमान तामाङ, वीरेन्द्र श्रेष्ठ, गणेश अधिकारी, जयमान तामाङ, मधु दवाडीलगायत छन् ।
भट्टराई पक्षले समानान्तर कमिटी नभई वैचारिक व्यवस्थापन समिति गठन गरेको दाबी गरको छ ।
उक्त समूहले समितिमा विचारमा सहमत अन्यलाई पनि समेटेर जाने तयारी गरको बताउँदै आएको छ ।
‘















प्रतिक्रिया