३० आश्विन २०८३, शुक्रबार

पतिले घर निकाला गरेकी अस्मिता र ३ वर्षीय छोराको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aama-1महोत्तरी, १९ भदौ । दाइजोको कारण पति, सासू र ससुरा मिलेर घर निकाला गरेकी महोत्तरी पर्सा पतैली गाविसकी एक महिला ३ वर्षीय छोराका साथ बिचल्नीमा परेकी छन् ।

पर्सा पतैली–४ बस्ने अस्मिता राउतलाई पति इन्द्रजित, ससुरा हरिकिशोर र नाम नखुलेकी सासू मिलेर बिहेको बेला कबुल गरेको दाइजो बिहेको पाँच वर्ष बितिसक्दा पनि नदिएको भन्दै घर निकाला गरेपछि उनी दुधेबालकसहित बिचल्लीमा परेकी हुन् ।

जिल्लाकै कोल्हुवा बगेया–६ बस्ने रमेश पाठककी छोरी अस्मिताको २०६६  फागुन ४ गते पर्सापतैली–४ बस्ने हरिकिशोर राउतका छोरा इन्द्रजितसँग रु एक लाख ५० हजार दाइजो तिरेर विवाह भएको थियो ।

तर बिहेको दुई महिना नबितेकै बेलादेखि अस्मितालाई पति, सासू र ससुराले मिलेर थप दाइजो लिएर आउन भनी विभिन्न शारीरिक र मानसिक यातना दिँदै दुई दिनअघि घर निकालासमेत गरेका छन् ।

तीन वर्षीय छोरासहित घर निकाला गरिएकी अस्मिता अहिले सहयोगका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित विभिन्न सामाजिक तथा मानवअधिकारवादी सङ्घसंस्थामा आएकी छन् ।

अस्मिताले आफूलाई पति, सासू, ससुरा लगायतले अश्लील गाली, बेइज्जती गर्नुका साथै पटकपटक कुटपिटसमेत गर्ने गरेको र सहन नसकेपछि न्यायका लागि प्रशासन तथा मानवअधिकारसँग सम्बन्धित विभिन्न निकायको शरणमा आएकी बताएकी छन्। रासस