३० आश्विन २०८३, शुक्रबार

दुवै मृगौला काम नलाग्ने भएकी मनिषा भन्छिन– म बाँच्न चाहन्छु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manishaझापा, १९ भदौ । दुवै मृगौला काम नलाग्ने भएर जीवन मरणको दोसाँधमा पुगेकी झापा शिवगञ्जकी एक युवतीले आफ्नो जीवन बचाईदिन आग्रह गरेकी छिन् ।

शिवगञ्ज वहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छात्रा मनिषा लम्सालले आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि सबैसँग आग्रह गरेकी हुन् ।

मृगौला फेर्न लाखौं रुपैयाँ लाग्ने र आफूहरुसँग सो रकम नभएको मनिषाको परिवारले जनाएको छ ।
पढाईमा लगनशील तथा मिलनसार स्वभावकी मनिषा एक्कासी मृगौलासम्वन्धी रोगले थलिएपछि उनका साथीहरु यतिबेला उपचार खर्च जुटाउन प्रयासरत छन् ।

मनिषाको उपचारको लागि जन आदर्श भूपू विद्याथी सम्पर्क मञ्चले पनि पहल सुरु गरेको छ ।

मञ्चका संस्थापक सचिव रामप्रसाद ढुंगेलले युएईबाट दिएको जानकारी अनुसार त्यहाँ रहेका प्रत्येक भूपू विद्यार्थीबाट एक सय डीएचएस (नेपाली २६ सय ५० रुपैयाँ) संकलन गरेर पठाउने प्रयास भईरहेको छ ।

मनिषाको जीवन रक्षाका लागि विद्यालयका शिक्षक–शिक्षका, विद्यार्थी तथा स्थानीय समाजसेवीहरुले समेत सहयोग गर्न थालेका छन् ।

जन आदर्श भूपू विद्यार्थी सम्पर्क मञ्चले पनि उनको जीवन रक्षाका रकम संकलन तीब्र पारेको छ । सहयोग गर्न ईच्छुकले मञ्चका पूर्व सचिव चिरञ्जिवी तिम्सिनाको मोवाईल नम्वर ९८४२६३३२२६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।