काठमाडौँ, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ५० हजार रुपैंया घुस लिँदालिँदै नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शिवनारायण यादवलाई पक्राउ गरेको छ ।
आयोगको टोलीले ओम अस्पताल परिसरमा रकम लेनदेन गरिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा यादवलाई पक्रन सफल भएको हो ।
कपन गाविसका एक सेवाग्राहीले आफ्नो जग्गाको कित्ताकाट गरिदिन पटकपटक आग्रह गर्दा यादवले घुस नलिई आफू कामै नगर्ने अड्डी कसेका थिए । पक्राउ परेका यादवको थप छानबिन भइरहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया