३ कार्तिक २०८३, मंगलबार

बल्ल लिए थापाले सभासद्को सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh Thapa

काठमाडौँ, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका तर्फबाट मनोनीत संविधानसभाका सभासद् गणेश थापाले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज आयोजित एक समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उहाँलाई सपथ गराउनुभएको हो ।

दलहरुको सिफारिसमा यही भदौ १३ गते सरकारले २६ सभासद्मध्ये १७ जनाको मनोनयन गरेकामा गत सोमबार नेपाली काँग्रेस र नेकपा(एमाले)का तर्फबाट मनोनित १६ सभासद्ले सपथ लिनुभएको थियो ।

विशेष कारणबस सपथ लिन नभ्याउनुभएका थापालाई भने बुधबार सपथ गराइएको हो । नवनियुक्त सभासद् थापालाई राप्रपा नेपालका अन्य सभासद्ले बधाई तथा शुभकामना दिनुभएको थियो । रासस