सुनसरी, ८ भदौ । आफ्नै छोरी करणी गर्ने बाबु प्रहरीको फन्दामा परेका छन् ।
सुनसरीको पूर्वकुशहा ९ का ३२ वर्षका विन्देश्वर पासवानले मदिरा सेवन गरी आफनै नाबालक छोरीमाथी यस्तो कर्तुत गरेको फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरको हो ।
श्रीमती माइत गएको बेला आफूसँगै सुतेकी छोरीमाथि उनले पासवानले करणी गरेका थिए ।
करणीपछि पासवानकी छोरीको अत्यधिक रक्तश्राव भएपछि छरछिमेकीले घटना थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पासवानमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
















प्रतिक्रिया