३ कार्तिक २०८३, मंगलबार

 इबोला संक्रमण ३० मिनेटमा पत्ता लाग्ने 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola

काठमाडौं, १८ भदौ । जापानी शोधकर्ताले ३० मिनेटमा इबोला संक्रमणको पत्ता लाग्ने प्रविधिको विकास गरिएको दाबी गरेका छन्।

नागासाकी युनिभर्सिटीका प्रोफेसर जिरो यसुडा र उनको टोलीले पश्चिम अफ्रिकी देशमा प्रयोग भइरहेको प्रविधिभन्दा आफ्नो प्रविधि सस्तो भएको बताएका छन् । यसुडाले भनेका छन् हाम्रो टोलीले प्राइमर नामक प्रविधिको विकास गरेको छ। यस प्रविधिबाट रगतको नमूनाबाट इबोला भाइरसबारे बुझ्न सकिन्छ।

यस भाइरसले पश्चिम अफ्रिकामा पन्ध सयभन्दा बढीको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा ८० प्रतिशत महिला हुन् ।

इबोला भाइरस गिनीबाट सुरु भएको थियो। गिनीमा इबोला भाइरसका कारण चार सय ६० जनाको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ। त्यहाँबाट लाइबेरिया, सियरा लियोन र नाइजेरियासम्म फैलियो।

इबोला भाइरस बाँदर, चमेरो जंगली मृगलगायत जनावरबाट सरेर मानिसमा पुगेको बताइन्छ।

यसअघि यो भाइरस सन् १९७६ मा देखिएको थियो। इबोला भाइरस संक्रमितमा फ्लुजस्तो लक्षण देखिन्छ। यस कारण आँखा र मांसपेशीबाट रगत आउँछ भने आन्तरिक रक्तस्राव हुन्छ।

यो भाइरसले महामारीको रुप लिइसकेको हुनाले चिकित्सकहरूले परीक्षण नभए पनि जेडम्यापको प्रयोग गरिरहेका छन्। अनुसन्धानकर्मीहरूले प्रायोगिक औषधि जेडम्यापको बाँदरमा गरिएको परीक्षण शतप्रतिशत सफल भएको जानकारी केही दिनअघि मात्र दिएका थिए। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।