काठमाडौं, १७ भदौ । संविधानका मुख्य अन्तरवस्तुमा सहमति जुटाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा–माओवादीसहित चार दलको सर्वपक्षीय भेलामा कांग्रेसले बखेडा झिकेपछि बिना निष्कर्ष सकिएको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नरहरि आचार्य र महेश आचार्यले नेकपा–माओवादीले अघि सारेको सर्वपक्षीय भेला गर्ने प्रस्ताव स्वीकार गर्न नसक्ने बताएपछि बैठक अन्योलमा परेको हो ।
नेकपा–माओवादीको मागप्रति बैठकमा एमाओवादी सकारात्मक देखिएको थियो । एमालेले भने पार्टीको धारणा बनाउन बाँकी रहेको भन्दै पन्छिएको थियो ।
बैठकमा सहभागी एमाले नेता माधवकुमार नेपालले बैद्य माओवादीको प्रस्तावबारे आफूलाई थाहा नभएको बताउनु भएको थियो ।
नेकपा–माओवादी माग ठिकै जस्तो भएपनि संविधासभाको प्रक्रिया निकै अघि बढेकाले समय घर्किसकेको भनाई राख्नु भएको थियो ।
कांग्रेस नेताहरुले गोलमेच सम्मेलन अस्वीकार्य हुने बताएपछि माओवादी नेताहरुले त्यसो हो भने किन छलफलमा बोलाएको भन्दै प्रश्न गरेका थिए ।
नेकपा–माओवादीका नेताहरु आक्रमक बनेपछि तीन दल केही समय छुट्टै छलफलमा बसेका थिए ।
ती दल पनि केहीबेरमा अन्तरिक गृहकार्य नपुगेको भन्दै १९ गते आफूहरुको धारणा लिएर आउने भन्दै निस्किएपछि बैठकले कुनै पनि निर्णय गर्न सकेन ।















प्रतिक्रिया