पथरी, १७ भदौ । मोरङको मावा खोलाबाट बालुवा तस्करी गर्ने एक समूहलाई गएराति मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति १२ बजे मधुमल्लास्थित महेश चोकबाट नौ र उर्लाबारी क्षेत्रबाट तीन ट्र्याक्टर नियन्त्रणमा लिइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
सरकारले प्रकृतिक स्रोत साधनको अत्यधिक दोहन भएको भन्दै ढुङ्गा गिट्टी निकासीमा रोक लगाएको हो ।
स्थानीय जनताले गिट्टी बालुवा तस्करी भएको गुनासो गरेपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र सशस्त्र प्रहरीले संयुक्त गस्ती गर्दा त्यो समूह पक्राउ परेको हो ।
सरकारले असोज १ गतेदेखि ढुङ्गा गिट्टी निकासी गर्ने निर्णय गरिसकेको छ । एक हजार ५०० को बालुवालाई पाँच हजार लिएर महँगो मूल्यमा बेच्न रातको समयमा बालुवा तस्करी गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।















प्रतिक्रिया