इलाम, १७ भदौ । बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरीलाई आज घरबाटै पक्राउ गरेको छ ।
गिरीकी जेठी श्रीमती राधादेवीले बहुविवाह गरेको भन्दै गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ १३ गते जाहेरी दिएकी थिइन् ।
प्रकाशसँगै कान्छी श्रीमती २४ वर्षीया कल्पना गिरीलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । प्रकाशले कल्पनालाई साउन ९ गते दोस्रो विवाह गरेका थिए ।















प्रतिक्रिया