३ कार्तिक २०८३, मंगलबार

‘संविधान जारी भएपछि आफै सरकार छाड्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले  संविधानका बारेमा सकारात्मक भएर लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

कोइरालालाई पोखरामा भदौ २१ गतेदेखि हुने नेपाल प्रेस युनियनको आठौं महाविधेशनको निमन्त्रणा दिन आज विहान बालुवाटार पुगेको पत्रकारहरुको टोलीसँग कोइरालाला संविधानका बारेमा सकारात्मक लेख्नुपर्ने जनाएका हुन् । युनियनका कार्यबाहक अध्यक्ष बद्री सिग्देलसहितका प्रतिनिधिहरु प्रधानमन्त्री कोइरालालाई निमन्त्रणा दिन पुगेका थिए ।

कोइरालाले मुलुकमा ठूलो परिवर्तन हुन आँटेको बताउँदै भने, ‘संविधानका बारेमा सकारात्मक लेख्नुस । जनतालाई अलर्ट गर्नुस ।’

उनले वर्तमान संविधानसभाप्रति नेपाली जनताको ठूलो आशा रहेको बताउदै कसैले गल्ति गरेको भए सोको उजागर गर्न पनि आग्रह गरे ।

कोइरालाले संविधान जारी भएपछि आफूले सरकारको नेतृत्व छाडिदिने बताएका छन् । उनले भने, ‘संविधान बनेपछि देश नयाँ परिवेशमा जान्छ ।’