३ कार्तिक २०८३, मंगलबार

नेकपा–माओवादीसँग गोलमेचसभा गर्न सबै दल तयारः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १७ भदौ  । नेकपा–माओवादीसहतिका दलसँग वार्ता गर्नुअघि बसेको मुख्य तीन दलको बैठक विना सहमति टुङ्गिएको छ ।

संविधानका विषयवस्तुमा सहमति गर्ने समयसीमा नजिकिँदै जाँदा उक्त विषयमा सहमति खोज्न बसेको ती दल बैठक नेकपा–माओवादीसँगको वार्तापछि ठोस निश्कर्ष निकाल्ने सहमति गर्दै टुङ्गिएको नेताहरुले बताएका छन् ।

वार्तामा सहभागी नेताहरुले बैठकपछि निकै गहन छलफल भएको र नयाँ शिराबाट छलफल अगाडि बढाएको जानकारी दिए ।

बैठकपछि एमाओवादीका अध्यक्ष् प्रचण्डले नेकपा–माओवादीसँग सर्वदलीय सम्मेलन र गोलमेचसभा गर्न सबै दल तयार भएको जानकारी दिनुभयो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा सबैले आ–आफ्नो अडान प्रस्तुत गरको जानकारी गराउनुभयो ।