३ कार्तिक २०८३, मंगलबार

फरार सूचीमा रहेका गुण्डा नाइके धरानबाट पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiसुनसरी, १७ भदौ । एक गुण्डा नाइके धरानबाट पक्राउ परेका छन् ।

हतियार र गुण्डागर्दीको बलमा ठेक्कापट्टा कब्जा गर्दै आएका थमन गुरुङ धरानबाट पक्राउ परेका हुन् ।

भक्तपुरमा लुटपाट मच्याउँदै आएका गुरुङलाई भक्तपुर जिल्ला अदालतले १ वर्ष ८ महिना जेल सजाय सुनाएको थियो

त्यसपछि उनी फरार सूचीमा थिए । संखुवासभा नुनढाँकीका स्थायी बासिन्दा गुरुङलाई धरान प्रहरीले धरान १० स्थित राँगाचोकबाट मंगलबार पक्राउ गरेको हो ।

गुरुङ पछिल्लो समय धरान–१९ मा बस्दै आएका थिए । उनी पछिल्लो समय धरानमा बसेर संखुवासभाका सबै ठेक्कामा एक छत्र राज्य चलाउँदै आएका थिए ।

गुरुङले २०६६ सालमा धरानका पत्रकार लीला घिमिरेलाई आक्रमण गरेका थिए ।

त्यति वेला उनी प्रहरीकै मिलेमतोमा छुटेका थिए ।