काठमाडौं, १६ भदौ । नेकपा एमालेभित्र मनोनित सभासदको विषयलाई लिएर विवाद शुरु भएको छ ।
नवौँ महाधिवेशन पछि केही साम्य हुँदै आएको एमाले भित्रको विवाद सभासद मनोनयनसँगै बाहिर छताछुल्ल हुन थालेको छ ।
एमालेको कोटामा परेका सभासद मनोनित गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समुहले अहिले तीव्र विरोध गरेका छन् ।
सभासद मनोनयन गर्ने वित्तिक्कै उपचारका लागि भारत जानु भएका अध्यक्ष ओलीसँग उहाँ निकट मानिने कार्यवाहक अध्यक्ष बामदेव गौतमसमेत रुष्ट बन्नु भएको छ । उहाँले आफुले समेत कुनै पत्तो नपाएको भन्दै घुमौरो तरिकाले ओलीको विरोध गर्दै आउनु भएको छ ।
त्यसो त उहाँले त्यही विषयमै कुरा गर्न सोमबारै दुईपटक पदाधिकारी बैठक राखिसक्नु भएको छ ।
बैठकमा वरिष्ठ नेता नेपाल आक्रामकरुपमा प्रस्तुत हुनु भएको स्रोतले बताएको छ ।
बैठकमा नेपालले सभासद मनोनयनमा मनपरि भएको भन्दै नेतृत्वको तीव्र आलोचना गर्नुभएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालले संस्थापन पक्षसँग भिड्ने चेतावनी समेत दिनुभएको थियो ।
उहाँले पार्टीलाई गुटबाट चलाउन खोजिएको भन्दै त्यस्तो हो भने आफु भिड्न तयार रहेको चेतावनी दिनुभएको थियो ।















प्रतिक्रिया