३० आश्विन २०८३, शुक्रबार

दाजु-भाउजूको कुटाइबाट गयो ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sindhupalchok-District

मेलम्ची, १६ भदौ । सिन्धुपाल्चोक जिल्लाको सिपापोखरे–४ निवासी ३५ वर्षीय लक्ष्मण तामाङको आइतबारराति कुटपिटका कारण मृत्यु भएको छ । तामाङको अस्पताल लैजाँदै गर्दा काभ्रेको हिगिवापाटी भन्ने स्थानमा मृत्यु भएको हो ।

उनलाई गत असार २६ गते दाजुभाइबीच झगडा हुँदा दाजु धनबहादुर तामाङ र भाउजू पातली तामाङ मिलेर कुटपिट गरेका थिए । सोही झगडाका कारण उनको मृत्यु भएको खुल्न आएको छ ।

दाजु धनबहादुर तामाङ र भाउजू पातली तामाङलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि मेलम्ची क्षेत्रीय अस्पतालमा राखिएको थापाले बताउनुभयो । रासस