२९ आश्विन २०८३, बिहिबार

पोखरामा खसीको भनी बाख्रीको मासु बेच्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

पोखरा, १६ भदौ । खसीको भनी बाख्रीको मासु बिक्री गर्ने एक मासु व्यापारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

भारतको पूर्वी चम्पारण रक्सौल घर भई पोखराको सिर्जनाचोकमा सिर्जना फ्रेस हाउस सञ्चालन गरी बस्ने ४५ वर्षीय किताव वुल्ला खानले बाख्रीको मासुलाई खसीको मासु भनी झुक्याई बढी पैसा लिई बेचबिखन गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले खानविरुद्द कालो बजार ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ । रासस