३० आश्विन २०८३, शुक्रबार

बैतडीमा पहिरोले तीन घर पुरिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_district_Map

भीमदत्तनगर, १६ भदौ । बैतडीको गोकुलेश्वर गाविसमा पहिरो जाँदा तीन घर पुरिएका छन् ।

आइतबार बेलुकी वर्षासँगै आएको पहिरोले गोकुलेश्वर गाविस–१ बाँगाबगरका तीन घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्थानीय धनीराम सार्कीका दुई घर र चन्द्रराम सार्कीको एक घर पुरिएका छन् ।

पहिरोमा परी मानवीय क्षति हुन नभएपनि गोरु र बाख्रा मरेका छन् । पहिरोले घर पुरिएपछि विचल्लीमा परेका दुई दलित परिवार अहिले छिमेकीका घरमा शरण लिएका छन् ।

सो पहिरोबाट थप तीन घर पनि पहिरोको जोखिममा रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी सहायक निरीक्षक अम्बादत्त पन्तले बताउनुभयो । रासस