सिरहा, १६ भदौ । भ्रष्टाचारको मुद्धा खेपिरहेका शिक्षक र कर्मचारीले शिक्षामन्त्री चित्रखेला यादवलाई फूलमालाले स्वागत गर्न तँछाडमछाड गरेको दृष्यले जनकपुर विमानस्थलको रौनक नै भिन्न देखियो ।
सिरहा जार्ने क्रममा यादवलाई आइतबार जनकपुर विमानस्थलमा माला लगाएर स्वागत गर्न भ्रष्टाचार अभियोगमा अदालत र अख्तियार धाइरहेका प्रधानाध्यापकहरु सिरहा सदरमुकाम लहानबाट ३० भन्दा बढी गाडी रिजर्भ गरेर जनकपुर विमानस्थल पुगेका थिए ।
भ्रष्टाचार मुद्धा खेपिरहेका अधिकांश प्रधानाध्यापकहरुबीच शिक्षामन्त्री यादवसँग फोटो खिचाउन तँछाडमछाड नै चलेको थियो ।















प्रतिक्रिया