३ कार्तिक २०८३, मंगलबार

नेपालमा पनि इबोला भाइरस भित्रिएको आशंका 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola

काठमाडौं, १६ भदौ । वीरगन्जस्थित नेपाल-भारत सीमामा स्थापित इबोला भाइरस स्क्रिनिङ हेल्थ डेस्कले एक शंकास्पद नेपालीलाई आफ्नो उच्च निगरानीमा राखेको छ ।

अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा आफ्नो ६ महिने सेवा अवधि सक्याएर फर्केको बताउने उनले सेनामा त्यस्तो लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण केन्द्रले ती व्यक्ति २२ दिनअघि नै मुलुक फर्केको र हाल स्वस्थ रहेको जनाउदै इवोला भाइरसको ओथार अवधि २१ दिन भएकाले उनमा संक्रमणको सम्भावना शुनय रहेको जनाएको छ।

कंगोमा हिजो मात्र इवोलाको एउटा केश फेला परेको होु, इपिडिमियोलजीका निर्देशक डा. बाबुराम मरासिनिले भने, ‘ती व्यक्तिमा शुरुदेखी नै ज्वरो देखिएको छैन, ओथार अवधिसमेत पार गरि सकेका छन्, शंकाको आधारमा निगरानीमा राखिए पनि इवोला संक्रमणको सम्भावना शुन्य देखिएको छ ।’

विरगंज डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सेराज खानकाअनुसार भदौ ८ गते नेपाल प्रवेश गरेका उनको स्वास्थ्य परीक्षण गर्दा इबोला संक्रमित रोगीसंग मिल्दोजुल्दो धेरै लक्षण देखिएकाले उनलाई उच्च निगरानीमा राखिएको हो । बारा, सिमरा स्थाई घर भएका उनको सेनामा पद र परिचय भने गोप्य राखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।