२९ आश्विन २०८३, बिहिबार

आइएमईबाट पैसा पठाउँदा सपरिवार निःशुल्क विदेश घुम्ने अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh ma pariwar bhat  press meet

काठमाडौं, १५ भदौ । मुलुककै पहिलो र सर्वाधिक विप्रेषण ल्याउन सफल अन्तर्राष्ट्रिय मनी एक्सप्रेस (आइएमई)ले विदेशमा रहेका परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘आइएमई विदेशमा परिवार भेट’ योजना सार्वजनिक गरेको छ ।

सोमबारदेखि आगामी असोज १९ गतेसम्म विश्वका जुनसुकै मुलुकबाट आइएमईमार्फत स्वदेश विप्रेषण पठाउनेहरूमध्ये एकजनाको परिवारका चारजना सदस्यलाई रकम पठाउने व्यक्तिसम्म निःशुल्क पठाउने आइएमईले घोषणा गरेको छ ।

राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई दसैँ तिहारको अवसर पारेर पारिवारिक मिलन गराउन उक्त कार्यक्रम ल्याइएको बताए ।

कमाउन विदेश गएका घरको सदस्यलाई चाडबाडमा नपाउँदा खिन्न हुने स्वदेशमा रहेका परिवारजनको भावनालाई मनन गर्दै पहिलोपटक त्यस्तो योजना ल्याइएको जानकारी दिँदै उनले ‘लक्की ड्र’ मार्फत घोषणा गरिने उक्त योजनाको बम्पर पुरस्कार पाउने व्यक्तिका चारजना सदस्यको सम्पूर्ण खर्च आइएमईले व्यहोर्ने बताउए ।

उनले मुलुकमा वार्षिक पाँच खर्ब बढी विप्रेषण औपचारिक माध्यमबाट प्रवाह भइरहेको भए पनि अनौपचारिक माध्यमबाट त्यसको झन्डै ३० प्रतिशत रकम भित्रिने गरेको खुलासा गर्दै त्यसलाई दुरुत्साहन गर्न जरुरी भएको बताए ।

‘हुण्डी’बाट रकम आउँदा राज्यको राजस्वमा योगदान नहुने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सामूहिक प्रयास आवश्वयक पर्ने उनको कथन थियो ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ‘ब्रान्ड एम्बासडर’ कलाकार दीपक गिरी र आइएमईका बजार विभाग प्रमुख डानियलदास श्रेष्ठले ‘आइएमई विदेशमा परिवार भेट’ योजनाका विविध पक्षबारे जानकारी दिए ।