काठमाडौं, १५ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकारको तीव्र आलोचना गर्नुभएको छ ।
व्यवस्थापिका संसदको आइतबारको बैठकमा बोल्दै गच्छदारले सत्तारुढ कांग्रेस र एमालेले दुई तिहाइ बुहमतका आधारमा नयाँ संविधान जारी गर्न गलत बाटो रोजेको भन्दै त्यस्तो आलोचना गर्नुभएको हो ।
चौथो शक्ति मधेसवादी दललाई पाखा लगाएर सत्तारुढ कांग्रेस र एमाले दुई तिहाइ बहुमतले बनाउने संविधान काम नलाग्ने पनि उहाँले ठोकुवा गर्नुभयो ।
उहाँले कांग्रेस र एमाले सभासदहरुको सिटतिर औँला देखाउँदै भन्नुभयो–‘तपाईहरुले रोज्नु भएको बाटो एकदम गलत छ ।’
उहाँले कांग्रेस र एमाले संविधान निर्माणमा गम्भीर नभएको पनि आरोप लगाउनुभयो ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले मन्त्रिपरिषद्बाट मनोनित सभासदको भागवण्डाप्रति पनि असन्तुष्टि जनाउनुभयो ।















प्रतिक्रिया