इलाम, १५ भदौ । मेची राजमार्गअन्तर्गत इलामको साँखेजुङ–७ मा आइतबार बिहान ८:३० बजे सफारी र ट्रिपर एकआपसमा जुध्दा पाँचजना यात्रु सख्त घाइते भएका छन् ।
पाँचथरको फिदिमबाट झापातर्फ गइरहेको मे१ज १५६५ नम्बरको सफारी जिप र विपरीत दिशाबाट गइरहेको बा३प २५१ टिपरसँग एकआपसमा जुध्दा पाँचजना यात्रु गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेहरूमा पाँचथर फिदिम–१ का ३५ वर्षीय तेजप्रकाश बुर्लाकोटी, झापा खुदुनाबारी–२ की १७ वर्षीया कमला काफ्ले, शनिश्चरे–७ का ५८ वर्षीय जितेन्द्र योङहाङ, उनकी श्रीमती ५० वर्षीया लमु योङ्हाङ र भारतको मोतिहारी निवासी ३६ वर्षीय चोखन धुनियार रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । सफारी जिप र टिपर प्रहरीको नियन्त्रणमा लिएको छ । रासस
















प्रतिक्रिया