३० आश्विन २०८३, शुक्रबार

मन्त्रीका ‘पिए’ प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

गौर (रौतहट), १५ भदौ । आफूलाई मन्त्रीको पिए बताउँदै अवैध रूपमा पैसा असुल्दै हिँड्ने एक व्यक्तिलाई शनिबार रौतहट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले दिएको विशेष सूचनाका आधारमा रौतहट मानपुर­­–९ निवासी ३५ वर्षीय प्रमोद यादवलाई प्रहरीले रौतहटको बाल्चनपुर चोकबाट पक्राउ गरेको हो ।

यादवले आफू कृषिमन्त्री हरिप्रसाद पराजुलीको पिए भन्दै काठमाडाँैसहित देशका विभिन्न स्थानबाट सर्वसाधारणलाई जागिर लगाइदिने तथा कृषिसम्बन्धी समस्या समाधन गरिदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । रासस