२ कार्तिक २०८३, सोमबार

तीजमा व्रत बसेका दुई महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

काठमाडौं, १५ भदौ । धनगढी र सुदूरपश्चिमको कैलाली र बैतडीमा दुई जना महिलाको तीज मनाउदा मनाउदै ज्यान गएको छ।

दुबै जनाको शुक्रबार ज्यान गएको हो। बैतडीको बाशुलिङ गाविस ९ डुङरीकी २० बर्षिया पुष्पा ऐरीको तिजको ब्रत सकेर शुक्रबार अपरान्ह खाना खाने वित्तिकै ज्यान गएको स्थानीयबासि लालबहादुर पाण्डेयले जानकारी दिएका छन्।

पानी समेत नपिएर ब्रत बसेकी पुष्पाले दुई दिनपछि शुक्रबार खाना खाएपछि उनको ज्यान गएको हो। बैतडीका अधिकांस स्थानमा श्रीमानले दिएको बाहेक, तीजको दिन पानी समेत नखाने चलन छ। पुष्पाका श्रीमानमा भारतमा रहेकाले उनले पानी नखाई निराहार ब्रत बसेको लालहबहादुरले जनाएका छन्।

यस्तै कैलालीको धनगढीमा पनि शुक्रबार एक महिलाको ज्यान गएको छ। धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ बर्षिया उमा स्वारको नाच्ने क्रममा ज्यान गएको हो । मुटुको बिरामी समेत रहेकी स्वार विशालनगरमा आयोजना गरिएको तीजमा नाच्दा नाच्दै बेहोस भएकी र सेती अञ्चल अस्पताल पुगाएपछि ज्यान गएको त्रिनगर प्रहरी चौकीले जनाएको छ। स्वार सिचाई कार्यालयकी कर्मचारी हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।