२९ आश्विन २०८३, बिहिबार

दसैंको लागि अनलाइनबाटै बसको टिकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus

काठमाडौं, १५ भदौ । दसैं नजिकिन थालपछि आफ्नो घर फर्किन धेरै जना समयमै टिकट पाउने अवसर खोजिरहेका हुन्छन् । यो समयमा अत्याधिक यात्रुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ हुनेगर्छ । अहिले पनि दसैंको १५ दिनअघिदेखि नै अग्रिम टिकट बुकिङको घोषणा भइसकेको छ ।

तर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने र थोरै समयको अन्तरले सोचेजस्तो सीट नपाउने समस्या बसका यात्रुले भोग्नुपर्ने हुन्छ । त्यस्ता यात्रुले घरमै अनलाइनमार्फत टिकटको सुविधा प्राप्त गर्न सक्ने छन्।

संचालनमा रहेका विभिन्न अनलाइन टिकट कम्पनीहरुले दसैंलाई लक्षित गरेर देशका विभिन्न स्थानमा बस टिकट सुविधा दिने तयारी गरिरहेका छन् । अनलाइन रकम भुक्तानी सुविधा दिँदै आएको इ-सेवाले २ हप्ता अघि मात्रै बससेवा डटकम नाममा टिकट सुविधा संचालनमा ल्याएको छ ।

त्यस्तै यसै वर्षदेखि संचालनमा आएको हाम्रो बस डटकम र अल नेपाल ट्रिप्स डटकमले पनि अनलाइन टिकटको संचालनमा ल्याएका छन् । आजको आर्थिक अभियानमा समाचार छ ।