काठमाडौं, १४ भदौ । प्रमुख विपक्षी एमाओवादीले व्यवस्थापिका संसदमा अवरोध पुर्याइरहेको बेला प्रधानमन्त्री सुशील कोइरालाले भने त्यसको विरोध गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले शनिबार बालुवाटारमा राष्ट्रिय समाचार समितिलगायत विभिन्न संघ–संस्थाबाट सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संसद अवरुद्धको अर्थ नरहेको बताउनुभयो ।
संसद अवरोधबाट मुलुकले निकास नपाउने उहाँको भनाइ थियो । उहाँले राजनीतिक दलहरुबीचको विवाद सयमै टुंग्याएर मुलुकलाई निकास दिनेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा देशका विभिन्न भागमा आएको बाढी–पहिरोबाट पीडितहरुको राहत र पुनःस्र्थापनामा सहयोग पुर्याउन विभिन्न संघ–संस्थाले सहयोग रकम कोषमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिबाट २५ हजार रुपैयाँ र राधेराधे समूहबाट १० लाख ९ सय ९९ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।















प्रतिक्रिया