सर्लाही, १४ भदौ । घरमा सुतिरहेको अवस्थामा सर्लाहीमा एक महिलाको गोली हानी हत्या भएको छ ।
सर्लाहीको नोलेल्वा–५ मोहनगञ्जकी २३ वर्षीया अमृतादेवी महतोको हत्या भएको हो ।
उनलाई अज्ञात समूहले झ्यालबाट गोली हानेका थिए ।
उनी श्रवण महतोकी कान्छी श्रीमति हुन् । श्रवण र उनकी जेठी श्रीमती ललितादेवी महतोबीच अदालतमा अहिले अंश मुद्दा चलिरहेको छ ।
पारिवारिक झगडामा हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया