काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाको अवैतनिक सल्लाहकारमा मृदुला कोइरालालाई चयन गरिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइरालालाई प्रधानमन्त्रीको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो ।
कोइरालाको स्वकीय सचिव लक्ष्मण ढकाललाई हटाएपछि पछिल्लो समय मृदुलाले नै स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
मृदुलाले पछिल्लो समय कोइरालाको स्वास्थ्यस्थितिदेखि अन्य सबै कुरामा पूर्ण सहयोग गर्दै आउनुभएको थियो । अमेरिकामा बसोबास गर्दै आउनु भएकी मृदुला पछिल्लो समय नेपालमै रहनु भएको छ ।
















प्रतिक्रिया