काठमाडौं, १३ भदौ । लामो समयको विवाद पछि सरकारले संविधानसभामा केही सभासदलाई मनोनित गरेको छ । कांग्रेस, एमाले र राप्रपा नेपालको भागमा परेको १८ सभासदलाई सरकारले आज मनोनित गरेको हो ।
मन्त्रिपरिषद्को केहीबेरअघि बसेको बैठकले २६ सभासदमध्ये १८ जना मनोनित गरेको हो । प्रमुख प्रतिपक्षी दल एमाओवादीले भने नाम बुझाएको छैन ।
सभासदमा मनोनित हुनेमा एमालेका तर्फबाट उदय नेपाली, अग्नि खरेल, गंगा डागी, मिरा धुजु, पेम्बा भोटे, नरेश खरेल, डा. राजन भट्टराई, पर्तमान धिमाल छन् ।
कांग्रेसका तर्फबाट पूर्व सभासद राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, रुक्मिणी कोइराला, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा छन् ।
राप्रपा नेपालको कोटाबाट एन्फा अध्यक्ष गणेश थापा सभासद भएका छन् ।
















प्रतिक्रिया