चितवन, १३ भदौ । नेकपा–माओवादीले चितवन बन्द फिर्ता लिएको छ ।
बन्द फिर्तासँगै चितवनको जनजीवन पनि सामान्य बन्दै गएको छ ।
चितवनको माडीमा भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटनका लागि राजदूत रे चितवन आउनु भएको थियो ।
त्यसैको विरोधमा बैद्य माओवादीका कार्यकर्ताले बन्द आह्वान गरेका थिए ।
बन्दका कारण स्थानीय रुटका सवारी साधन प्रभावित भएका थिए ।
चितवनको रत्ननगर, लगायतका स्थानहरुमा बन्द गराउँदै हिडेका दुई दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
क्याम्पसको भवन उद्घाटन लगत्तै बन्द खुलेको नेकपा–माओवादीले जनाएको छ । कडा सुरक्षा घेरामा राजदूत रेले भवन उद्घाटन गरे ।















प्रतिक्रिया