काठमाडौं, १३ भदौ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा सहमति जुटाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष विहीन भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा संयन्त्र गठनमा सहमति जुटाउन तीन दलका शीर्ष नेता भेला भएका थिए ।
एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको हो ।
बैठकमा संयन्त्र गठनबारे छलफल भए पनि कुनै सहमित हुन नसकेको बुझिएको छ ।
उपचारका क्रममा ओली आजै भारत जाने तयारीमा रहेकाले त्यसअघि नै संयन्त्र गठनमा सहमति जुटाउन शीर्ष नेता एकै ठाउँ भेला भएका थिए ।
संयन्त्र गठनका लागि प्रमुख प्रतिपक्षी दल एमाओवादीले अडान लिएपछि सत्ताधारी दलहरु नेपाली कांग्रेस र एमाले सकारात्मक देखिएका थिए ।
बैठकमा भने कांग्रेसको तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेबाट अध्यक्ष ओली र एमाओवादीबाट अध्यक्ष प्रचण्डको सहभागीता रहेको थियो ।















प्रतिक्रिया