काठमाडौं, १३ भदौ । एमाओवादीसहित प्रतिपक्षी दलले आफ्ना माग पुरा नभए शुक्रबारको व्यवस्थापिका संसद बैठक बहिस्कार गर्ने भएका छन् ।
चारबुँदे सहमति कार्यान्वयन हुनुपर्ने, बाढीपीडितलाई राहत दिइनुपर्ने, २६ सभासद मनोनयन हुनुपर्ने लगायत माग राखेर उनीहरुले संसद अवरुद्ध गर्न लागेका हुन् ।
दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
यसअघि मंगलबारको बैठकमा एमाओवादीसहित विपक्षीले सत्तापक्षलाई ४ बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक सहमति गठनका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए ।















प्रतिक्रिया