२९ आश्विन २०८३, बिहिबार

कुन नेता कस्तो मोवाइल बोक्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobile-final

काठमाडौं, १३ भदौ । मोबाइल आममानिसको दैनिकी बनिसकेको छ । मानिसका दैनिक क्रियाकलापलाई मोवाइल फोनमा भएका फिचरहरुले सहज बनाइदिएका छन् । उठेदेखि नसुत्दासम्म मोवाइल मानिसहरुको आवश्यकता बन्दै गएको छ । सामान्य मानिसहरुभन्दा व्यस्त दैनिक हुने राजनीतिक दलका नेताहरुका लागि त झन मोवाइल अत्यावश्यक बस्तु नै हो ।

प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्ति भनेको उनको साथमा रहेको ३ वटा मोवाइल हुन् । उनीसँग ३ वटा नोकिया ब्रान्डका मोवाइल छ । २ वटा चालु अवस्थामा र एउटा विग्रिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एप्पल ब्रान्डको आइफोन ४ बोक्छन् । एमाले अध्यक्ष केपी ओली साममुङ एस फोर बोक्छन् । बाबुराभ भट्टराई एप्पलको आइफोन ५ चलाउँछन् । गृहमन्त्री वामदेव गौतम एप्पलको आइफोन ५ एस बोक्छन् । कांग्रेस नेता गगन थापा एप्पलको आइफोन ५ एस बोक्छन् । कांग्रेस नेता शेरबहादुर देउवा मोबाइल बोक्दैनन । आजको कारोबार दैनिकमा खबर छ ।