काठमाडौं, १३ भदौ । नेकपा एमालेले मन्त्रिपरिषद्बाट मनोनित गर्न बाँकी सभासद्को सूची आज तयार पार्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली आज थप उपचारका लागि दिल्ली जान लागेकाले एमालेले आजै सभासद्को अन्तिम सूची बनाउन लागेको हो । जसका लागि अध्यक्ष ओलीले बिहानैबाट छलफललाई तीव्रता दिनुभएको छ । नेता ओलीले आज पनि बिहानैदेखि पदाधिकारीहरुसँग छलफल गरिरहनुभएको छ ।
मन्त्रिपरिषद्बाट मनोनित गर्न बाँकी २६ सभासद्मध्ये एमालेको कोटामा ८ जना परेको छ । तर, पदाधिकारीमै रहेका नेताहरुले ३० जना भन्दा बढीको नाम सिफारिस गरेपछि सभासद् छान्न अप्ठेरो परेको छ ।
नेताहरुबीच सहमति जुटे अध्यक्ष ओलीले आजै प्रधानमन्त्रीलाई सभासद्को सूची बुझाउनुहनेछ ।
सभासद्सँगसँगै अध्यक्ष ओलीले आजै संसदीय दलको उपनेता पनि चयन गर्नुहुने बताइएको छ । पार्टीका उपमहासचिव समेत रहनुभएका सभासद् विष्णु पौडेललाई दलको उपनेता बनाउने ओलीको इच्छा रहेको स्रोतको दाबी छ ।
















प्रतिक्रिया