कृष्ण आचार्य
चितवन, १२ भदौ । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालको आर्थिक विकासका लागि विद्युत विकास सम्झौता (पीडीए) हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लव नेपाल, क्षेत्रीय कार्यालय भरतपुरले बिहीबार भरतपुर विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदुत रेले नेपालको विकास जलविद्युतसँग जोडिएका भन्दै पीडीए हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उँहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको भन्दै यसले नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ बनाएको बताउनुभयो ।
राजतदुत रेले नेपालको हरेक क्षेत्रमा विकासको सम्भावना रहेकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको पनि बताउनुभयो । उहाँले चितवन जिल्लामा पर्यटन, शिक्षा र कृषिको राम्रो सम्भावना रहेको भन्दै सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।
रेले चितवनको शैक्षिक विकासका लागि भारत सरकारले विद्यालय भवन निर्माण गरेको भन्दै चितवन बन्दले स्वंम चितवनबासीलाई घाटा हुने बताउनुभयो । रे आउने भनेपछि विरोधमा वैद्य नेतृत्वको नेकपा–माओवादी शुक्रबार चितवन बन्दको आयोजना गरेको छ ।
रे शुक्रबार चितवनको माडीमा भारत सरकारको सहयोगमा निर्माण भएको माडी बहुमुखी क्याम्पसको भवन समुद्घाटन गर्न चितवन आउनुभएको हो ।















प्रतिक्रिया