२९ आश्विन २०८३, बिहिबार

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको पीडीए छिट्टैः डा. पोख्रेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gobinda-poकाठमाडौं, १२ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दप्रसाद पोख्रेलले आगामी हप्ता माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत विकास सम्झौता (पीडीए) हुने दाबी गर्नुभएको छ ।

राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा पोखरेलले आफू संयोजक रहेको समितिले माथिल्लो कर्णालीको आगामी हप्ताभित्रै सम्झौता गर्ने बताउनु भएको हो ।

‘पीडिए गर्न प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको प्रतिवेदन सुझावसहित लगानी बोर्डमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘लगानी बोर्डले आगामी हप्ताभित्रै सम्झौता गर्ने छ ।’

नेपालमै विद्युत उपभोग गर्ने गरी पीडिए र पीटीए गर्नु पर्नेमा उहाँको जोड थियो । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सम्झौता हुन्छ,’ उहाले भन्नुभयो, ‘सम्झौतामा नेपालको हितलाई  ध्यानमा राखिन्छ ।’

पोख्रेलले जीएमआरसँगको पीडीए अन्तिम अवस्थामा पुग्न लागेको जानकारी दिँदै त्यसबाट १०८ मेघावाट विद्युत निशुल्क प्राप्त हुने, २७ प्रतिसत निशुल्क शेयर पाउने र २००० हजारले प्रत्यक्ष रोजगारी पाउने जानकारी दिनुभयो ।

उहाँले २५ वर्षमा सरकारको स्वामित्वमा आउने आयोजनाबाट सो अवधीमा ४ सय अर्व आम्दामी समेत दाबी गर्नुभयो ।

सन् २०२२ सम्म मुलुकलाई विकासित राष्ट्रको सूचीमा पुर्याउने राष्ट्रिय लक्ष्य पुरा गर्न ९७ खर्व विदेशी लगानी आवश्यक रहेको पनि उहाँले कार्यक्रममा बताउनुभयो ।