काठमाडौं, १२ भदौ । बजारमा गोलभेँडाको भाउ अप्रत्याशित रुपमा बढेको छ ।
काठमाडौंमा गोलभेडाको भाउ किलोको झण्डै एक सय रुपैयाँ नजिक पुगेको हो। । गएको एक हप्तामा गोलभेंडाको भाउ दोब्बरले बृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।
समितिका अनुसार, गत बिहीबार ४३ रुपैयाँ रहेको गोलभेंडाको थोक मूल्य अहिले ६८ रुपैयाँ पुगेको छ।
कालीमाटी तथा बल्खुमा प्रतिकिलो ७० रुपैयाँमा थोकमा बिक्री भइरहे पनि खुद्रा ब्यापारीहरुले भने किलोको एकसय रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।
गोलभेंडाको धेरै खपत भएकाले मुल्य बढेको खुद्रा व्यापारीहरु बताउँछन् । ुटनेल बाहिरको गोलभेंडाको उत्पादन नहुनु तथा उपत्यकामा उत्पादित गोलभेँडा बाहिरी शहरमा पनि निर्यात हुनुले भाउ बढेको बताइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक टिकाराम शर्माले गोलभेँडाको भाउ घट्न केही दिन लाग्न सक्ने बताए ।














प्रतिक्रिया