३० आश्विन २०८३, शुक्रबार

ढिकी संरक्षणका लागि आमा समूह सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????म्याग्दी, १२ भदौ । परम्परागत रूपमा कुटानी–पिसानीको मुख्य साधनका रूपमा रहेको ढिकी संरक्षणका लागि म्याग्दीका आमा समूह लागिपरेका छन् ।

जिल्लाको दग्नाम गाविसका महिलाको सक्रियतामा नागरिक सचेतना केन्द्रले दग्नाम–२ कान्छी गाउँमा सामुदायिक भवन निर्माण गरी ढिकी संरक्षण गर्न थालेको हो ।

एक लाख ९७ हजार लागतमा निर्माण गरिएको दुईतले भवनको पहिलो तलामा दुईवटा ढिकी राखिएको स्थानीय शर्मिला गर्वुजाले जानकारी दिनुभयो । ढिकीमा कुटानी–पिसानीका लागि कुनै शुल्क नलाग्ने बताइएको छ ।

भवन निर्माण गरी ढिकी संरक्षणको लागि भुमे आमा समूहबाट ९० हजार, गाविसबाट ४० हजार, महिला लक्षित वर्गबाट २० हजार तथा नागरिक सचेतना केन्द्रबाट ४० हजार लगानी भएको सामाजिक परिचालक लक्ष्मी पाइजाले जानकारी दिनुभयो ।

गाविस अध्यक्ष गमबहादुर पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक केपिकला पाइजाले सो भवन र ढिकीको उदघाटन गर्नुभयो ।  भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनु भएकी नागरिक सचेतना केन्द्रकी सचिव रिमती तिलिजा र भवन निर्माणमा सहयोग पु¥याउनेलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो । रासस