२ कार्तिक २०८३, सोमबार

सेनाले अबरुद्ध अरनिको राजमार्गमा बैकल्पिक अस्थायी मार्ग खोल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jure-Ko-Bato-Nepal-Army-pulकाठमाडौं, १२ भदौ । नेपाली सेनाले सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोले अबरुद्ध अरनिको राजमार्गमा बैकल्पिक मार्गको ट्रयाक खोलेको छ ।

अरनिको राजमार्ग अवरुद्ध भएपछि सेनाले गत साउन २७ गतेदेखि वैकल्पिक अस्थायी मार्ग निर्माणको काम सुरु गरेको थियो । मार्गको ट्रयाक खोल्ने कार्य बुधबार सम्पन्न गरेको हो ।

वैकल्पिक अस्थायी मार्ग निर्माणका क्रममा २ दशमलव ८ किलोमिटर नयाँ मार्ग निर्माण गरिएको छ । बाह्रबिसेबाट पूर्व निर्मित ३ दशमलव ५ किलोमिटर ट्रयाकको स्तरोन्नति गर्ने कार्य पनि गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त मार्गमा पर्ने टौथली र दादी खोलामा दुईवटा कजवे निर्माण गर्ने कार्य समेत सुरु भइरहेको छ ।

सुनकोसीको बहावलाई सुचारु गर्न बुधबार सेनाले तीनवटा विष्फोटन गरेको छ । पछिल्लो मापनअनुसार उक्त स्थानमा बनेको कृत्रिम तालको पानीको भित्री बहाव १ सय ९१ क्युसेक र बाहिरी बहाव २ सय ३८ क्युसेक रहेको छ ।