२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा भारतको ४ करोड ७७ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal & Bharatकाठमाडौं, १२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा भारतको तर्फबाट  नेपालका लागि भारतीय राजदूत रञ्जित रेले ४ करोड ७७ लाख ३९ हजार रुपैया सहयोग प्रदान गर्नुभएको हो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा रेले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा भारतीय राजदूत रेले हालैको बाढी पहिरोबाट पीडितहरुलाई राहत र पुनस्थापनाका लागि नेपाल सरकारले थालेका काममा सघाउन भारत सरकारका तर्फबाट सो रकम प्रदान गर्नुभएको हो ।

उहाँले सीमाभित्रमात्र सिमित नहुने प्राकृतिक प्रकोप जस्ता विपत्तिबाट नागरिकहरुलाई जोगाउन र प्रकोप रोकथाम तथा क्षति हटाउन भारत नेपालसंग निकट रही थप समन्वयका साथ निरन्तर काम गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजदूत रे र उहाँ मार्फत भारत सरकारलाई धन्यबाद दिनुभयो ।