२ कार्तिक २०८३, सोमबार

पशुपतिमा ब्रतालु महिलाको सुरक्षाका लागि २ हजार बढी सुरक्षाकर्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teejकाठमाडौं, १२ भदौ । हरितालिका तीत पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा  पुग्ने ब्रतालु महिलाको सुरक्षाका लागि पशुपति क्षेत्रमा २ हजार २ सय ४६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जस मध्ये १ सय १३ महिला प्रहरी रहेका छन् ।  त्यो सँगै २ सय महिला स्वयंसेवक पनि पसुपतिमा  परिचालन गरिएको छ ।

पसुपति क्षेत्र विकास कोष सदस्यसचिव डा. गोविन्द टण्डनले मन्दिरको भित्री भागमा महिला प्रहरी र महिला स्वयम्सेवकलाई परिचालन गरिएको जानकारी दिनुभयो ।

मन्दिरमा दर्शनका लागि बिहान साढे तीन बजेदेखि नै दर्शनका लागि व्यवस्था मिलाइएको छ ।

विगतमा भएका कमीकमजोरीलाई सच्याएर यस वर्ष ब्रतालु महिलाहरुलाई सहज बनाएको कोषले जनाएको छ ।