काठमाडौं, ११ भदौ । प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा दिनेश अधिकारी चरीकी प्रेमिका खुस्बु ओलीले धम्काएकोप्रति नेपाल पत्रकार महासंघले कडा विरोध गरेको छ ।
महासंघका महासचिव उजीर मगरले बुधबार विज्ञप्ति जारी गरी प्रकाशित समाचारको विषयलाई लिएर ‘दृष्टि साप्ताहिक’ का प्रधानसम्पादक शम्भु श्रेष्ठ र ‘दैनिक नेपाल डटकम’ का सम्पादक गणेश पाण्डेलाई टेलिफोनबाट आक्रमणको धम्की दिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
खुश्बु ओलीको विषयमा दैनिक नेपाल डटकम र दृष्टि साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर खुश्बुका पिता श्याम ओलीले सम्पादकद्वयलाई आक्रमणको धम्की दिएका थिए ।
‘प्रकाशित समाचारप्रति असहमति वा गुनासो भए त्यसको उपचार खोज्ने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई आक्रमणको धम्की दिनु प्रेसविरोधी कार्य हो । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पु¥याउने यस किसिमको धम्कीको भत्र्सना गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ, ‘धम्की दिनेलाई तत्काल कारबाही गरेर पत्रकारलाई निर्वाध र निर्भीक प्रेस स्वतन्त्रताको उपभोगको वातारण निर्माण गर्न महासंघ सरकारसँग माग गर्दछ ।’
यसैगरी, प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले पनि विज्ञप्ति जारी गरी प्रेस चौतारी नेपालका सल्लाहकार श्रेष्ठ तथा सचिव पाण्डेलाई दृष्टि साप्ताहिक र दैनिक नेपाल डटकममा प्रकाशित समाचारका बिषयमा आएको धम्कीप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘समाचारमा आएको विषयप्रति चित्त नबुझे कानुनी कार्बाही गर्ने प्रकृया हुदाँहुदै पनि धम्की र गालीगलौजमा उत्रनु कानुन विरोधी काम हो । खुश्वु ओलीका बारेमा आएको समाचारका बिषयमा श्रेष्ठ र पाण्डेलाई जे पनि गर्न सक्ने अभिव्यक्ति दिने श्याम ओलीलाई यस्ता काम नगर्न चौतारी आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
डन चरीसँग जोडिएर मिडियाहरुले आफ्ना बारेमा नकरात्मक समाचार लेखेको भन्दै खुस्बु ओलीले बाबु श्याम ओलीमार्फत धम्क्याउन खोजेकी हुन् ।
यो पनि पढ्नुहोसः
खुस्बु ओलीका बाबुद्वारा धम्की















प्रतिक्रिया