२ कार्तिक २०८३, सोमबार

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे कांग्रेसमा किचलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-ncc

काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँने वा नबनाउँने भन्ने विषयलाई लिएर विवाद देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले संविधानसभालाई सघाउन प्रमुख दलहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदा केही फरक नपर्ने अभिव्यक्ति दिनुभएको छ ।

यता अर्थमन्त्री डा. रामशरण महतले भने दलहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँने विषयको कडा आलोचना गर्नुभएको छ ।

कांग्रेस नेता समेत रहनु भएका मन्त्री निधिले चारबुँदे सहमतिबमोजिम संयन्त्र गठन गर्न दल इमान्दार हुनुपर्ने तर्क गर्नुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न र समयमै संविधान निर्माणमा सघाउन सहमतिका आधारमा राजनीतिक संयन्त्र गठन गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाल प्रेस युनियनले गरेको गरेको राष्ट्र निर्माणमा मिडियाको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

तर, बुधबार नै राजधानीमा नेपाल आर्थिक पत्रकार समाज सेजनको १५ औँ साधारणसभालाई  सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका महतले एमाओवादीको राजनीतिक संयन्त्र गठनको माग हास्यास्पद भएको तर्क गर्नुभयो ।

अर्थमन्त्री डा. महतले कार्यक्रममा संयन्त्र नबन्ने समेत दाबी गर्नुभयो ।