२ कार्तिक २०८३, सोमबार

सुन बेचेर पानीमा लगानी गर्न महिला मन्त्रीको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-leaderकाठमाडौँ, ११ भदौ । महिला मन्त्रीहरुले तीजको बेला तडक–भडक गर्ने नेपाली महिलाको  कडा आलोचना गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उर्जामन्त्री राधा ज्ञवाली र महिला तथा बालबालिका मन्त्री निलम केसीले यस्तो आलोचना गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले तीजमा  लगाउने गर–गहना बेचेर जलविद्युतमा लगानी गर्ने नयाँ प्रस्ताव अघि सार्नुभयो ।

मन्त्री  केसीले पनि तीज मनाउने खर्च बाढी पीडितलाई दिन आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले तीजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी गर्ने कुराको विरोध मात्र गर्नुभएन उहाँले त्यहाँ खर्च गर्ने पैसा सहकारीमार्फत लगानी गरेर जलविद्युतको विकास गर्ने मन्त्र सिकाउनु भयो ।

केसीले पनि तीजलाई मोजमस्ती गर्ने भन्दा  समाज परिवर्तनका लागि प्रयोग गर्नतर्फ लैजान सुझाव दिनुभयो ।

मन्त्री केसीले महिलालाई एउटा रथको दुई पाङग्रा भनिए पनि एक पाङग्रा सानो पारिएको तर्क गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, राप्रपा नेपालकी सभासद कुन्ती शाही, फोरम लोकतान्त्रिककी सभासद गीता राणा, नेपाल महिला संघकी अध्यक्ष डीला संग्रौला, तमलोपाकी केन्द्रीय सदस्य चन्दा चौधरी लगायतले पनि बोल्नुभएको थियो ।