२ कार्तिक २०८३, सोमबार

पदाधिकारीसहितको संरचनालाई विघटन गर्ने मनस्थितिमा किन पुगे प्रचण्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, ११ भदौ । पछिल्लो समय चरम विवादमा फसेको एमाओवादी पार्टी  पदाधिकारीसहितको संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णयमा पुगेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पोलिटब्यूरोको अनौपचारिक बैठकमा एमाओवादी यस्तो निष्कर्षमा पुगेको हो ।

बैठकमा  शीर्ष नेताहरुले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने प्रस्ताव राखेपछि अध्यक्ष प्रचण्ड पनि त्यसमा सकारात्मक देखिएको स्रोतले बतायो ।

एक वर्षभित्र महाधिवेशन गर्ने गरी असोज १ गते बस्ने बैठकले केन्द्रीय समितिलाई आयोजक समिति बनाउने प्रस्तावमा नेताहरु लगभग सहमत भएका छन् ।

आयोजक कमिटि बन्ने वित्तिक्कै  पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो स्वतः विघटन हुनेछ ।

बैठकमा सहभागी नेताहरुले महाधिवेशन आयोजक समिति गठनसँगै एकता प्रक्रियामा रहेका वैद्य माओवादी, मातृका यादवको माओवादी र मणि थापाको पार्टीलाई पनि एकता प्रक्रियामा ल्याउन प्रयास गर्नु पर्ने प्रस्ताव राखेका थिए ।