३० आश्विन २०८३, शुक्रबार

महिलाहरूबीच ‘ग्याङफाइट’, एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunsari-distric

इनरुवा, ११ भदौ । सुनसरीको बराहक्षेत्र गाविस–३ स्थित पुनरवास टोलमा महिला–महिलाबीच ग्याङफाइट’ हुँदा एक महिलाको मृत्यु भएको छ ।

महिला महिलाबीचको झडप छुट्ट्याउन जाँदा बराहक्षेत्र–३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो ।

झगडा छुट्ट्याउन गएकी मगरलाई चोट लागेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

झडपमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले स्थानीय तीन जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–३ की तेलु राय, निलु राय र पवित्रा राय रहेका छन् ।