२ कार्तिक २०८३, सोमबार

मैले चालेको कदमबाट कर्मचारीमा भूइँचालो आयो : मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit

जनकपुरधाम, ११ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको सेवकको भावनाले काम नगर्ने कर्मचारीलाई पदमा रहने अधिकार नभएको बताउनुभएको छ ।

कुम्हार जातीय कुटी र पण्डित परिवारद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । आफूले चालेको सुशासनसम्बन्धी पाइलाले कर्मचारी संयन्त्रमा भूकम्प आएको बताउँदै उहाँले कर्मचारी वर्गले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै सुशासनको पक्षमा लाग्नु जरुरी भएकोमा जोड दिनुभयो ।

यसअघि कुम्हार जातिलाई औपचारिकरुपमा जनजातिका रुपमा उल्लेख नगरिए पनि हाल सो जातिलाई जनजातिका रुपमा राख्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

कुम्हार जातीय कुटी समितिका उपाध्यक्ष रामविलास पण्डितको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा सहप्राध्यापक रामसागर पण्डितले अफ्ना पूर्वजहरु समृद्ध भएपनि हाल एक आपसमा सिर्जित द्वेषका कारण जातीय एकतामा समस्या उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो । रासस